दाङमा सुजुकी ईग्निस ‘जापानी कम्प्याक्ट एसयूभी’ सार्वजनिक

चेतना अनलाइन
घोराही, १३ साउन । दाङमा सुजुकी ईग्निस ‘जापानी कम्प्याक्ट एसयूभी’ सार्वजनिक गरिएको छ ।

घोराहि स्थित स्वर्गद्धारी अटो डिष्ट्रिव्यूटर्सले आज मंगलवार एक समारोहकाबीच उक्त गाडि सार्वजनिक गरिएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले गाडीको कभर खोलेर गाडीको उद्घाटन गरेका थिए । उनले गाडीले दङ्गाली बजारमा राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले गाडी बिक्रेताहरुले सामाजीक सुरक्षामा समेत केही योगदान पु¥याउनुपर्ने धारणा व्यक्त गरे ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य मिनराज भाटले सुजुकीले गाडीका व्राण्डहरु ग्राहकहरुको रोजाईमा पर्ने गरेको बताए ।
जापानी कम्प्याक्ट एसयूभी उत्कृष्ट डिजाइन भएको स्वर्गद्धारी अटो डिष्ट्रिव्यूटर्सका सञ्चालक संकल्प श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो गाडी अत्याधुनिक सेफ्टी फिचर्स (स्ट्याण्डर्ड तथा पर्सनलाइजेशनअप्सन सहित) जडित छ । यो कारमा एण्ड्रोइड अटो र एप्पल कारप्ले सहितको सहज स्मार्टफोन कनेक्सन, प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के १२ ईञ्जिन रहेको छ ।

कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखि ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याट फर्ममा आधारित छ ।

कारको बाह्य सजावत आजको पुस्ताको आवश्यकता अनुसार पृथक शैलीमा गरिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार कारको अघिल्लो भागमा ईनसेट हेडल्याम्पका साथमा सिंगल फ्रेम ग्रिल डिजाइनको प्रयोग गरिएको छ । साथै, कारका फ्रण्ट ग्रिल र फगल्याम्पमागरिएको क्रोम सजावतले कारलाई निकै आकर्षक तथा पृथक छ ।

कम्पनीले ईग्निसलाई २ भिन्न ईञ्जिन अप्सनका साथमा उपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता राख्ने श्रेष्ठको दावी छ ।

फरक फरक ड्राइभिङ कन्डिशनमा चलउन सहजताकालागि कारको ईञ्जिनलाई विशेष तरिकाले ट्युन गरिएको छ कम्पनीले जानकारी दिएको छ । कारमा प्रयोग गरिएको पेन्डुलम ईञ्जिन माउण्ट प्रणाली, क्याविन र ईञ्जिन वरपर गरिएको एकस्टिक ईन्सुलेसन र अब्जर्पसन मेटेरियल्सले न्यूनएनभीएच लेभलको सुनिश्चितता प्रदान गर्ने श्रेष्ठले जानकारी दिए ।

साथै, विशेष किसिमले ट्युन गरिएका सस्पेन्सनले समान र सहज तथा आरामदायी यात्राको सुनिश्चितता प्रदान गर्छ । कारको कार्यक्षमतामा बृहत बृद्धि गर्ने सोचका साथयसमा ईन्टेलिजेन्ट ब्याट्री ब्यवस्थापन, लो रोलिङ रेजिस्टेन्ट टायर्स लगायत प्रविधिको प्रयोग पनि गरिएका छन् ।
कारको नेपाली बजारमा २८ लाख ८९ हजार रुपैयाँ देखि क्रमशः ३१ लाख ८९ हजार र ३५ लाख १९ हजार रुपैयाँ सम्म पर्छ ।

 

प्रकाशित मिति: August 29, 2017