दाङमा चितुवाको छालासहित पक्राउ पर्ने को हुन् ?

चेतना अनलाइन

घोराही । दाङमा चितुवाको छालासहित दुई ब्यक्ती पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार टाउकोदेखि पुच्छरसम्मको चितुवाको छालासहित दंगीशरण गाउँपालिका वडा नं. १ निवासी २४ बर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ बर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको हो ।

चितुवाको छाला वोकी हिँडिरहेका छन्, भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ ५ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्कमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

प्रकाशित मिति: January 27, 2020