तुलसीपुर महोत्सवमा दुइदर्जन भालेहरुको फाइट, दर्शकहरु रोमाञ्चित

शरद रेग्मी

तुलसीपुर । प्रथम दिनमै हाउसफुल भएको तुलसीपुर महोत्सवमा उत्साहजनक भन्दा पनि प्रतिनिधिमुलक सहभागिता थपिंदै आएको छ ।
आयोजक तुलसीपुरलाइ महोत्सव व्यावस्थापन गर्न पनि आम सहभागिताले लिड गरीरहेको छ । त्यसैले त तुलसीपुर उद्योग वाणिज्य सघका सवै अधिकारी र पुर्वपधादिकारीहरु पनि महोत्सवलाइ भव्य र सभ्य बनाउन खटिइरहेका छन् ।

भाले लडाइका लागि भारतबाट पनि भाले ल्याइएका छन् । कम्तिमा दुइदर्जन भालेहरुले फाइट गरेको परीदृश्य उत्साहजनक थियो । पशुपति शर्माको प्रस्तुतीले पनि महोत्सवलाइ धेरै उचाइ दिएको छ । कुस्ती प्रतियोगिता पनि महोत्सवको आकर्षण देखिएको छ ।
उदेश्य के लिनु, उडिछुन् चन्द्र एक, तर तुलसीपुर उद्योग वाणिज्य संघले महोत्सव लगाएर धेरै आशा गरेको होइन, विमानस्थलको स्तरोन्नती र
निर्माणाधिन सभाहलको पुरा गर्नकालागी मात्रै हो । त्यसैले तुलसीपुरको विमानस्थलको स्तरोन्नतीकालागी पर्यटन मन्त्रीलाइ प्रमुख अतिथि बनाइएको थियो ।

‘विकाशका मुद्धा एउटा राजनितिक दलका मात्र हुन सक्दैन, आम नागरीकका साझा मुद्धा हुन्, त्यसैले पनि यसलाइ सफल पार्न सवैको साथ र सहयोगको अपेक्षा गरेका छौं’—तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले भने ।
कलाकारहरुको वेजोड प्रस्तुतीले महोत्सवलाइ भव्य र सभ्य बनाइरहेको छ । गर्नुगर्यौ वालाराम भयस पालके, कमल गाउंलेको पुरानो गितको हिन्दी डविङ थियो, यो । किनकि नेपालीहरुले हिन्दी गित र सिनेमालाइ बढि मनपराउंछन् । त्यसैको व्यंग्यको स्वरुप यो हिन्दि भर्शनको गित हो ।
राधिका हमालको झोर्लेहै, क्याम्पस पढ्न आउने, झकाश लगायतका गितले पनि तुलसीपुर महोत्सवलाइ झकास बनाएको थियो । उनको लाहुरे ठिटो, ढल्के जवानीमा धेरै युवाहरु लठ्ठिएका थिए ।

प्रकाशित मिति: January 27, 2020