डा जनार्दन पन्थी भन्छन् – एक दिन म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फर्कन्छुु

डा. जनार्दन पन्थी

सर्जन
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर


तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण भए लगत्तै त्यहाँका निमित्त मेस ुडा. जनार्दन पन्थी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सरुवा भएर गए । राप्ती उपक्षेत्रीय अस्पतालको स्तरबृद्धिका लागि निकै मेहनत गरेका पन्थी अहिले सबैबाट पाखा लागेका जस्ता भएका छन् । उनलाई कतिपयले शक्ति केन्द्रको पछि लागेर राजनीति गर्न खोजेको आरोप समेत लगाउँछन् । पन्थीसँग चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले गरेको कुराकानि ।

आजभोली के गर्दै हुनुुहुन्छ ?

आजभोली म राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत छु ।

तपाई यो पेशामा संलग्न हुनुुभएको कति वर्ष भयो ?

म यो पेशमा संलग्न भएको करिव तीन दशक भएको छ । म २०४५ साल देखि स्वास्थ्य सेवामा प्रवेश गरेको हुँ ।

यो पेशामा लागेर तपाईले के पाउनुुभयो ?

म यो पेशामा लागेर सबैभन्दा ठूलो आत्म सन्तुुष्टि प्राप्त गरे । शास्त्रले पनि बैद्य पेशालाई निकै राम्रो सेवा मानिन्छ । म मेरो पेशाप्रति पूर्ण सन्तुुष्ट छु ।

No photo description available.

नेपालमा धेरै डाक्टरहरु हुनुुहुन्छ । तर, थोरै डाक्टरहरुको नाम चर्चामा आउने गर्छ । दाङमा तपाई अलि बढी चर्चामा आउनुुहुन्छ किन होला ?

घोराहीको साविक महेन्द्र अस्पताल यहाँका विभिन्न व्यक्तित्वहरुको पहलमा बनेको हो । टेकनाथ गौतम, खगराज लोहोनी, भरतमणी शर्मा, रामप्रसाद श्रेष्ठ र हाम्रा बुवाहरुको योगदान थियो ।

त्यो अस्पतालप्रति स्वभाविक रुपमा हाम्रो माया हो । यो अस्पताल सुुधार गर्नका लागि मैले लामो समय नेतृत्वदायी भूमिका खेलेको हुँ । नेतृत्वदायी भूमिका खेल्दा खेरी मान्छेहरुले स्वभाविक रुपमा चर्चा परिचर्चा गर्छन् । यसलाई म स्वभाविक ठान्दछु ।

धेरैले तपाईलाई डाक्टरको रुपमा भन्दा पनि नेताको रुपमा बुुझ्छन् । तपाई अलि बढी राजनीतिक खेलाडी पनि हुुनुुहुन्छ । नेता तथा उच्च पदस्थ कर्मचारीहरुलाई आफ्नो पक्षमा पार्नका लागि निकै रोचक खेल खेल्नुुहुन्छ रे हैन ?

म नेता त होइन । मान्छेहरुले नबुुझेर हो । मैले राजनीति गरेको छैन । तर, कुनै पनि सस्थाको नेतृत्व गरिसकेपछि सबै नेता कहाँ समन्वय गर्नुपर्ने हुन्छ । त्यसले गर्दा मलाई अरुले नेता जस्तो देखेका हुुन् । उनीहरुको दृष्टिको भ्रम हो ।

राजनीतिकै कुुरा गर्ने हो भने म कट्टुको इजरा बाध्ने बेला देखि नेताको प्रचार हिडेको हो । म मा राजनीतिक सस्कार छ तर, म अहिले राजनीतिकर्मी होइन ।

जनार्दन पन्थी पावरको एक्ससाईज गर्ने राजनीतिक खेलाडी नै हो भन्छन् त धेरैले ।

म कुनै पनि पावर अथवा शक्ति केन्द्रमा कहिले पनि धाएन । जो जो व्यक्ति पावरमा थिए । आवश्यकताको सिद्धान्तको आधारमा कहिले कोसँग कहिले कोसँग नजिक हुुन सकिन्छ ।

कुनै पनि काम गर्ने क्रममा समन्वय गर्दा पावर सेन्टरमा धाउनुुपर्ने हुन्छ । यो स्वभाविक प्रकृया हो । त्यसो भएको कारण उहाँहरुले भन्नुुभएको होला । आजको दिनमा म इमान्दारी पूर्वक भनिरहेको छु । मलाई कुनै शक्ति केन्द्र चाहिएको छैन । म अहिले जुन पोष्टमा छुु ।

बकाइदा लोकसेवाबाट पास गरेर आएको हो । भविष्यमा पनि जुुन पोष्टमा जान्छुु । लोक सेवाबाट जाने हो । मेरो कार्यक्षमतामा चित्त बुुझाउनेहरु मलाई आँफै नै खोज्छन् । म नेताको पछिा लाग्ने मान्छे होइन । मेरो बृद्धि विकासका लागि मलाई पावर सेन्टरको कुनै आवश्यकता छैन ।

साविकको राप्ती उपक्षेत्रीय अस्पतालको स्तरबृद्धिका लागि तपाईले निकै योगदान गर्नुभयो । तपाईले यसकालागि निकै संघर्ष पनि गर्नुपर्यो । अहिले बनेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तपाईको भूमिकाको औचित्य सकिएको हो ?

परिवर्तन यो संसारको नियम हो । गितामा पनि यो कुरा उल्लेख गरिएको छ । माक्र्सले पनि भन्नुुभएको छ परिवर्तन सांसारिक नियम हो । हिजो हाम्रो आवश्यकता थियो । हामी रहँदा इमान्तिपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेयौं । अहिले अर्को आउनुुभएको छ । उहाँले पनि योगदान दिनुुहुने छ भन्ने हाम्रो विश्वास छ । हाम्रो भूमिका समयले माग्ने हो । हामीले मागेर हिड्ने होइन ।

भनेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनार्दन पन्थीलाई माग्यो भने के हुुन्छ ?

जहाँ मेरो भूमिकाको खोजि हुन्छ त्यहाँ म खडा हुुन्छु । यसमा कुसैले दुुबिधा मान्नुुपर्ने कारण नै छैन नि । मैले छोड्दा खेरी पनि भनेको छुु । म एक दिन अवष्य फर्किने छु । तर, यहिँ अबस्थामा म फर्केर आउने भन्ने होइन ।

मन्त्रालयको दरवन्दि अन्तर्गत सरकारले मलाई पठायो भने म नआउने कुुरै छैन नि । म पहिले देखिनै सरकारले जहाँ पठाउँछ त्यहाँ सेवा गर्दै आएको छु । हामी सरकारी प्रतिष्ठानको पक्षमा छौं । समयले एकदिन बोलाउँछ । म फर्कन्छुु ।

तपाईले साविकको राप्ती उपक्षेत्रीय अस्पतालको स्तरबृद्धिका लागि ठूलै गुुरुयोजना बनाउनुुभएको थियो । त्यो गुुरुयोजना त डस्टविनमा गयो होला है ?

समयले त्यसलाई डस्टविनमा फालेको जस्तो देखाएको छ । त्यो गुुरुयोजना निकै बैज्ञानीक छ । हाम्रा स्थानीयहरुले नै त्यो मनन् गर्न सक्नुुभएन भने त्यो अवष्य डस्टविनमा जान्छ नै । हामीले दुुई किसिमले गुुरुयोजना बनाएका थियौं ।

हामी के कुुरामा प्रष्ट हुुन जरुरी छ भने सरकारको बजेटबाट आउने मास्टरप्लान र दाताहरुबाट आउने बजेटको मास्टरप्लान । हामीले ५ सय वेड अटाउने, फोहोर व्यवस्थापन गर्ने र सवारीसाधनको पार्किङकालागि मास्टर प्लान बनाएका थियौं । त्यहाँ रहेका सुुकुम्वासीहरुलाई उचित ठाउँमा व्यवास्थापन गरेर अगाडी बढ्ने गरी काम भएको थियो ।

हामीले भौतिक पूर्वाधार निर्मााणका लागि स्थान समेत खोजि गरिसकेका थियौं । त्यहाँ भौतिक संरचनाको काम गर्नका लागि दाताको आवश्यकता पर्दथ्यो । दाता खोज्ने क्रममा म शंकर पोखरेल कहाँ पनि गएको हो । कृष्णबहादुर महरा कहाँ पनि गएको हुुँ । खुमबहादुुर खड्का कहाँ पनि गएको हुँ ।

तपाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्देशक बन्न खोज्नुुभएको थियो रे । तर, नपाए पछि असन्तुुष्ट हुुनुुभएको हो भन्छन् त बजारमा ?

यो हल्लै हल्लामा चल्ने देश हो । जनार्दन पन्थी पदको पछि होइन कामको पछि लाग्ने मान्छे हो । म घोराहीमा जन्मे । घोराहीमा हुुर्के । समाजका लागि केही हदसम्म राम्रै प्रगति गरेको देखियो । तर, यहिँ समाजमा मेरो सकरात्मक पक्ष नचाहने मान्छेहरु पनि छन् । त्यस्ता दुुई÷चार जना सामन्ती, फटाहहरुले मलाई चरित्र हत्या गर्न खोजेका हुुन् ।

मैले पहिले देखि नै भन्दै आएको छु । नेपाल सरकारले दिएको कुनै पनि जिम्मेवारीबाट पछि हट्नेवाला छैन । मैले मागेर कुुनै पद लिदैन । प्रतिष्ठानको निर्देशक मेरा लागि कुुनै ठूलो कुरा होइन । बाँकी उपकुलपतीका लागि म योग्य छैन । रेक्ट र डिन म हुुने कुरै भएन । रजिष्टार त्यो प्रशासनिक पद मलाई चलाउने मन नै छैन । म चलाउन पनि चलाउने छैन । तर, मलाई यहाँका सर्वदलिय, सर्वपक्षिय मिलेर दिए पनि म ती पदमा जानेवाला छैन । एउटा जावो निर्देशक पदका लागि म किन मरिहत्ते गर्छुु ।

मैले अहिले पनि भन्दै आएको छु । मन्त्रालयले कुनै जिम्मेवारी दियो भने जुुनसुुकै जिम्मेवारी बहन गर्न सक्छु । म सक्षम पनि छु । मैले यस अघि गरेर पनि देखाएको छु । म मागेर कुुनै पनि पदमा जानेवाला छैन र जादैन पनि । यसमा कोही पनि व्यक्ति भ्रममा नपरे हुुन्छ । मलाई मन्त्रालयले दिएछ भने त्यसलाई अन्यथा मान्न सकिदैन ।