यी हुन जाडोमा बच्चालाई लाग्ने रोग र बच्ने उपाय

डा. कुवेर कुमार रेग्मी
बालरोग विशेषज्ञ

रोग कुनै वर्ग, समुदाय, जात, लिंग र उमेरको हुँदैन । रोगले धनी र गरिब पनि छुट्याउँदैन । तर, हाम्रो सामान्य लापरवाहीले जो सुकैलाई पनि रोग लाग्न सक्छ । अन्य उमेर समूहको तुलनामा वृद्ध र बालबच्चालाई संक्रमणले चाँडै समात्छ ।

बच्चाहरुसँग रोगसँग प्रतिरक्षा गर्न सक्ने क्षमता इम्यूनिटी पावर कम हुने भएकाले उनीहरुलाई चाँडै असर गर्छ । मौसम परिवर्तनका बेला विभिन्न खाले व्याक्टेरियाहरु सक्रिय हुने भएकाले बच्चाहरुलाई संक्रमण हुने खतरा धेरै हुन्छ ।

अहिले मौसम जाडो छ । यो समयमा बच्चालाई पखाला र रुघाखोकीजस्ता समस्या बढी देखिन्छन् । रोटा भाइरसको संक्रमणले पखाल र आरएएवी भाइरसले रुघाखोकी लगाउँछ ।

यो मौसममा विरामी हुँदा बच्चामा देखिने लक्षण

  • ज्वरो आउने
  • नाकबाट सिंगान बग्ने
  • नाक बन्द हुने
  • आँखाबाट आँसु आउने
  • पखाला लाग्ने
  • आमाको दुध नचुस्ने
  • कोखा हान्ने

बच्ने उपाय

  • जाडो मौसममा बिहान र बेलुका बच्चालाई घरबाहिर  नराख्ने
  • घाम लागेपछि बच्चालाई सेकाउने
  • रुघाखोकी लागेको ठूला मान्छेले बच्चालाई म्वाई नखाने
  • तातो झोल पदार्थ प्रशस्त खुवाउने
  • पाँच महिनासम्मका बच्चालाई आमाको दुध मात्र खुवाउने
  • ५ महिनामाथिका बच्चालाई नियमित आहारा पनि खुवाउने
  • तातो झोल पदार्थ खुवाउने
  • यदि बच्चा गम्भिर देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्नुपर्छ ।

(रेग्मी गोरखा पब्लिक अस्पताल घोराहीमा कार्यरत हुन्)