चलेन कन्हैयाको जादु : ९० हजार भोटले पछाडि परे, दिल्लीमा केजरीवाललाई पनि झट्का

भारतको लोकसभा निर्वाचनको मतगणना सूरु भएसँगै धेरैको ध्यान बिहारको बेगुसराय निर्वाचन क्षेत्रको परिणाममा छ । केन्द्रीय मन्त्री गिरिराजसिंहविरुद्ध उम्मेद्वारी दिएका चर्चित विद्यार्थी नेता कन्हैया कुमारले जित दर्ता गर्न सक्लान् त? धेरैलाई जिज्ञासा छ ।

प्रारम्भिक मतपरिणाम भने कन्हैयाको पक्षमा देखिएको छैन । हालसम्म गिरिराज सिंहले कन्हैयालाई करिब ९० हजार मतले पछि पारेका छन् । कन्हैयाले ८२ हजार मत ल्याउँदा सिंहले एक लाख ७२ हजार मत ल्याएका छन् । मोहम्मद तनविर हसन तेस्रो स्थानमा छन् । उनले ५६ हजार मत ल्याएका छन् ।

कुन प्रदेशमा कसको अग्रता

उत्तर प्रदेशका ८० सिटमा ७१ सिटको गणना चलिरहेको छ। ४२ सिटमा भाजपाको गठबन्धन, महागठबन्धनमा २७, कांग्रेस गठबन्धनले २ सिटमा अग्रता लिएका छन्।

महाराष्ट्रका ४८ सिटमा ४७ वटाको गणना चलिरहेको छ। भाजपा ३५, कांग्रेस १२ मा अग्रता लिएका छन्।

दिल्लीको ७ सिटमध्ये सातवटैमा भाजपागठबन्धन अघि छ।

पश्चिम बंगालका ४२ सिट मध्धे मुख्य मन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कंग्रेस २०, भाजपा गठबन्धन १९ र कांग्रेस २ सिटमा अग्रता लिएका छन्।

बिहारका ४० सिटमध्ये ३५ मा भाजपा र ५ वटामा कंग्रेस गठबन्धनको अग्रता।

गुजरातका २६ सिट मध्ये २५को मतगणना चलेको छ। २१ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता छ।

हरियाणाका १० सिटमा १० वटैमा भारतीय जनता पार्टीको अग्रता

झारखण्डका १४ मध्ये भाजपा १०, कंग्रेस २ र अन्यको २ सिटमा अग्रता

मध्यप्रदेशका २९ सिटमा २६ वटाको मतगणना चलिरहेको छ। २२ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता छ।

राजस्थानका २५ मध्ये भाजपा २२ र कंग्रेस ३ सिटमा अग्रता लिइरहेको छ।

कर्नाटकका २८ मध्ये भाजपा १४ र कंग्रेस गठबन्धन ९ र अन्य ५मा अग्रस्थानमा छन्।

केरलाका २० मध्ये १६ सिटको मतगणना चलिरहेको छ ती १६ वटैमा कंग्रेस गठबन्धनले अग्रता लिएको छ।

तमिलनाडुका ३९ सिट मध्ये १६ सिटको मतगणनमा चलिरहेको छ। १५ मा कंग्रेको अग्रता छ भने एउटामा भाजपा गठबन्धन अघि छ।

महाराष्ट्रका ४८ सिटमा ३६मा भाजपा गठबन्धन अघि र १२ सिटमा कंग्रेस गठबन्धन अघि छन्।

असामका १४ मध्ये ११ मा भाजपा, २ मा कंग्रेस र १ वटा सिटमा अन्य दलको अग्रता छ।

छत्तिसगढका ११ सिटमा ८ वटामा भाजपा र ३ कंग्रेस अघि।

केजरीवाललाई झट्का

१९ मईमा सार्वजनिक एग्जिट पोल्सको नतिजा अनुसार दिल्लीका सातै सिटमा भाजपाले जित्ने देखिएको थियो । मतगणनाको सुरुवाती नतिजा पनि त्यहि अनुसार नै देखिएको छ । भारतको केन्द्र दिल्लीमा मुख्यमन्त्री बनेका अरविन्द केजरीवाललाई सुरुवाती नतिजाले ठुलो झट्का दिएको छ ।

अहिलेसम्म देखिएको नतिजाले दिल्ली विधानसभामा ६७ सिट जितेर इतिहास रचेको आम आदमी पार्टी र उसको नेतृत्व अरबिन्द केजरीवालको शासनप्रति प्रश्न उठाएको छ । विधानसभा चुनावमा ७० सिटमा ६७ सिट जित्ने आम आदमी पार्टी यदि यहाँबाट एक सिट पनि ल्याउन सक्दैन भने यसको अर्थ आम आद्मीको नेतृत्वबाट दिल्लीका जनताले मुक्ति चाहेको प्रष्ट हुन्छ ।

दिल्लीमा बीजेपीका धेरै नयाँ अनुहारका बीच आम आदमी हराएको छ । बीजेपीले दिल्लीबाट क्रिकेटर गौतम गम्भीर र गायक हंस राजलाई पनि उठाएको छ ।

यसपटक दिल्लीमा १५ सालसम्म राज गरेकी शीला दीक्षित पनि मैदानमा छन् । सुरुवाती नतिजा नै अन्तिम हुन गयो भने कांग्रेसकी शीला दीक्षित पनि दिल्लीको राजनीतिबाट पुनः हराउनेछिन् ।