घोराही उपमहानगरमा सेवा निबृत्त ८ कर्मचारीको बिदाई

चेतना अनलाइन

घोराही । घोराही उपमहानगरपालिकामा कार्यरत ८ जना कर्मचारीलाई आज विदाई गरिएको छ । उपमहानगरपालिकाको विभिन्न शाखा तथा वडाहरुमा कार्यरत ८ जना सेवा निबित्तृत कर्मचारीको बिदाई गरिएको हो ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले टिका, दोसल्ला, ढाका टोपी र मायाको चिनो प्रदान गरि कर्मचारीहरुको बिदाई गर्नुभएको हो ।

सेवा निबृत्त हुने कर्मचारीहरुमा दुर्गाप्रसाद रिजाल, सुबोध रेग्मी, राधा मल्ल, जंगबहादुर जिसी, शिबकुमार शर्मा, लिलाधर श्रेष्ठ, कुलराज गौतम र बेदप्रसाद ढकाल हुनुहुन्छ ।

बिदाई कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले आफ्नो उर्जावान समय देश र जनताको सेवामा सुम्पीएर असल नागरिकको भूमिका निभाएको भन्दै उच्च प्रशंसा गर्नुभयो ।

जनताको सेवामा बिभिन्न ठाउँ तथा जिम्मेवारीमा रहेर काम गरी सेवा निबृत्त भएपनि आफ्नो ज्ञान, सिप र क्षमतालाई सामाजिक काममा लगाउन अपिल समेत गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले जिवनको महत्वपूर्ण जिम्मेवारी पुरा गरेर देश र जनताको सेवामा समर्पित भएका कर्मचारीहरु प्रति सम्मान व्यक्त गर्नुभयो ।

त्यसैगरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जागिरको समय चक्र अनुसार पाउने जिम्मेवारी र विदाईलाई सहज ढंगले लिदै जीवनभर सिकेको सिपलाई सामाजिक उत्थानमा लगाउन आग्रह गर्नुभयो ।

विदाई हुनुभएका सुबोध रेग्मीले कर्मचारीको जिम्मेवारी अनुसार जागिर अबधी भर धेरै ज्ञान तथा सम्बन्ध बिस्तारलाई अबसरकारुपमा लिएको उल्लेख गर्नुभयो । कार्यक्रमको सहजिकरण ठाकुर खनालले गर्नुभएको थियो । कार्यक्रममा दशैको सुभकामना समेत आदानप्रदान समेत गरिएको छ ।