घोराही उपमहानगरपालिकाको राहत कोषमा मावि रझेनाद्वारा एक लाख सहयोग

मावि रझेना घोराहीले घोराही उपमहानगरपालिकाको राहत कोषमा एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

शनिवार बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले एक लाख सहयोग गर्ने निर्णय गरेको अध्यक्ष जीवन गौतमले जानकारी दिनुभयो ।

लकडाउनका कारण समस्या परेमा श्रमिक र बिपन्न नागरिकका लागि उपमहानगरपालिकाले राहत कोष खडा गरेर राहत दिंदै आएको छ ।

त्यसका लागि सहयोग होस् भने सो रकम दिने निर्णय गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति: April 25, 2020