घोराहीमा निजी विद्यालयहरुले दिने छात्रबृत्ती कार्यान्वयनमा कडाई

चेतना अनलाइन

घोराही । घोराही उपमहानगरपालिकाले निजी विद्यालयहरुले दिने छात्रबृत्ती कार्यान्वयनमा कडाई गरेको छ ।

विद्यालय आफैले छात्रबृत्तीहरु दिदा लक्षित बर्गले नपाएको भन्ने गुनासो आए पछि नगर शिक्षा समितिले सम्भावित विद्यार्थीहरुको नामावली मगाएर परिक्षा मार्फत वितरण गर्ने तयारी गरेको हो । नगर भित्र रहेका र कक्षा ११ र १२ सञ्चालन गरेका ९ विद्यालयहरुले कूल १ सय ९१ जना विद्यार्थी अर्थात १० प्रतिशतलाई छात्रबृत्ती दिनुपर्ने देखिएको छ ।


पहिलो चरणमा नगरको शिक्षा, युवा तथा खेलकुल महाशाखाले परिक्षा लिएर १ सय ३४ विद्यार्थीको नाम टुंगो लगाएको छ । अझै ६१ जना विद्यार्थीको नामावली आबस्यक परेको र थोरै बिद्यार्थीको नाम पठाएकाले फेरी ति विद्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।


नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बुधबार बैठक बसि १ सय ३४ जनाको नाम अनुमोदन गर्दै बाँकी ६१ जनाका लागि ७ विद्यालयलाई कोटा अनुसार नामावली पठाउन आग्रह गर्ने निर्णय गरेको छ ।

जस्मा ज्ञानसिन्धबाट ३०, दाङ भ्याली कलेजबाट १५, माउन्ट भ्यु, गोर्खा, विद्यानिलकण्ठलाई चार चार, नेपाल पुलिस र शिदार्थलाई दुई दुई जना विद्याथीको नाम पठाउन पत्रचार गर्ने निर्णय भएको शाखाका अधिकृत नारायण पौडेलले जानकारी दिनुभयो ।


छात्रबृत्ती पाउने विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा भर्ना शूल्क बाहेक निशुल्क पढ्ने अबसर हुने छ । साथै उनिहरुले बुझाएको पढाई मासिक शूल्क समेत फिर्ता हुने छ ।