घोराहीमा गरिन्छ ५ सयमै ‘होल वडी चेकअप’

चेतना अनलाइन
घोराही । तपाई स्वास्थ्य सस्थाहरुमा आफ्नो स्वास्थ्य परिक्षण गराउनका लागि हजारौं पैशा खर्च गर्नुहुन्छ होला । कतिपय स्वास्थ्य परिक्षणकै लागि महंगो अस्पतालमा पनि धाउनु हुन्छ होला । तर, धेरैलाई थाहा छैन । दाङमै पाँच सय रुपैयाँमा मात्रै हाम्रो होलवडी चेकअप गरिन्छ ।

घोराहीको शहीदगेट स्थित अदालत जानेबाटोमा भर्खरै देखि पासन फुर्मा थेरापि सेन्टर खुलेको छ । उक्त सेन्टरमा स्वास्थ्य परिक्षण गरिनुका साथै थेरापीको माध्यमबाट उपचार पनि गरिन्छ ।

यो पाँच हजार वर्ष पहिलेको प्राचिन चिनीया विज्ञानमा आधारित उपचार पद्धती भएको थेरापी सेन्टरकी सञ्चालक मनसुवा थापा मगरले जानकारी दिइन् । ‘यो प्राचिन चिनिया चिकित्सा विधिबाट उपचार गरिन्छ, उनले भनिन्, ‘ यसलाई आधुनिक विज्ञानले पनि प्रमाणित गर्नुका साथै विश्व स्वास्थ्य संगठनबाट स्वीकृत प्रदान गरेको छ ।

थेरापीमा अहिले विसिएम मेसिनको माध्यमबाट खुट्टा देखि दिमाग सम्म रक्त सञ्चारमा सन्तुलन कायम गरिने मगरले जानकारी दिइन् । त्यसैगरी अकुलाइफ मेसिनबाट थेरापीको काम गरिन्छ । यसैबाट होल वडी चेकप गरिन्छ । दीर्घ रोगीहरुलाई प्राकृतिक उपचार गरिने मगरको भनाई छ । त्यसैगरी फुडसप्लिमेन्टको माध्यमबाट रोग निको पारिन्छ ।

थेरापीमा ग्यास्ट्रीक, बायुगोला, अल्सर, कब्जियत, खाना नरुच्ने, खाना नपच्ने, मुखमा अहिलो पानी आउने, स्वास गहनाउने, पायल्स, मधुमेह, ब्लड सुगर, दम, दीर्घ खोकी, हालखुट्टा दुख्ने, बाँउडिने, जोर्नी दुख्ने, झम्झमाउने, हड्डी खिएको लगायतका विभिन्न रोगको उपचार हुने गरेको उनले जानकारी दिइन् ।