घाेराही १६ मा काङ्ग्रेसका उम्मेदवार ताराबहादुर डिसी विजयी

चेतना अनलाइन

दाङ : घोराही उपमहानगरपालिकाको वडा नं. १६ मा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डिसी विजयी भएका छन् । नेकपाका सुरेशबहादुर केसीलाई १०१ मतले पछि पार्दै ताराबहादुर डिसी विजयी भएका हुन्।

शनिबार सम्पन्न उप निर्वाचनमा घोराही १६ मा कुल ३२२६ मत खसेको छ । जसमा नेपाली कांग्रेसका ताराबहादुर डिसी (विजयी) ले १२१८, नेकपाका सुरेशबहादुरकेसीले १११७, स्वतन्त्र उम्मेदवार जगलाल चौधरी ७२०, संङीय समाजवादीकी विमला पुन ३१, नेशनल मंगोलका पहलमान आले ३० र अर्का स्वतन्त्र उम्मेदवार समीर वलीले २३ अत प्राप्त गरेका छन्।