गुठी विधेयक पारितको माग गर्दै दाङका हजारौं भुमिहिनहरु सडकमा

पाण्डव शर्मा

घोराही । गुठी विधेयक पारितको माग गर्दै दाङका हजारौं भुमिहिनहरु सडकमा आएका छन् । हजारौं संख्यामा रहेका भुमिहिनहरुले अहिले घोराहीमा बृहत् प्रर्दशन गरिरहेका छन् ।

चर्को घामकाबीच गाउँगाउँबाट आएका भुमिहिनहरुको गुठी ऐन जारी गर, मोही किसान माथीको शोष अन्त्य गर, द्धेध स्वामित्व अन्त्य गर, गुठी जग्गा रैतानी गर, भू–माफिया होसियार, धार्मिक, सास्कृतिक सम्पदाको संरक्षण गरौं जस्ता नारावाजी गरिरहेका छन् ।


प्रर्दशन पछि भुमिहिनहरुले घोराहीको जिल्ला समन्वय समिति स्थित शहीद पार्कमा सभा गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा सत्तारुढ दलका नेताहरुले पनि संवोधन गर्ने छन् ।

कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरी, प्रदेश सांसद् इन्द्रजित थारु लगायतका नेताहरुले संवोधन गर्ने छन् । सचेतक चौधरी स्वम् भूमि अधिकारका लागि संघर्षरत व्यक्ति हुन् । उनको राजनीतिक पृष्ठभूमि भूमि अधिकारकै आन्दोलनमा शुरु भएको हो ।