गर्मीमा बच्चालाई लाग्ने झाडापखाला, लक्षण र बच्ने उपाय


डा. कुवेरकुमार रेग्मी
बाल रोग विशेषज्ञ

गर्मी मौसम बढेसँगै बच्चाहरुमा संक्रमणको जोखिम बढ्ने गर्छ । मौसम परिवर्तनसँगै बालबालिकाहरुमा विभिन्न किसिमका व्याक्ट्रेरिया र जिवानु विभिन्न माध्यमबाट शरिमा प्रवेश गर्दा स्वास्थ्यमा प्रतकिुल असर गर्ने गर्छ । विशेष गरेर E.coli नामक व्याक्ट्रेरिया र Rato भाइरसले गर्दा बालबालिकाहरुमा झाडापखाला लाग्ने गर्दछ । खानपिन र वातावरणको प्रभावबाट बालबालिकाहरुलाई संक्रमण हुने गर्छ ।

लक्षणहरु
१. रुखा खोकी लाग्ने ।
२. ज्वरो आउने ।
३. बान्ता हुने ।
४. पखाला लाग्ने ।
५. कसैकसैलाई ज्वरो र पखाला नलागेरै बान्ता र पखाला हुन सक्छ ।

बच्ने उपाय
१. सरसफाईमा ध्यान दिने
२. नियमित रुपमा दिसापिसाव गईसकेपछि र खाना खानुभन्दा अघि तथा पछि साबुन पानीले हात धुने ।
३. घर वरिपरि सफा राख्ने ।
४. बच्चाको सरसफाईमा विशेष ध्यान दिने ।
५. बासि सडेगलेको खानेकुरा नखाने ।
६. बच्चाबच्चिलाई चर्को गर्मी भएको बेला बाहिर खेल्न नदिने ।

संक्रमण भइसकेपछि के गर्ने ?

१. दाल तथा अन्य झोलिलो पदार्थ प्रशस्त खुवाउने ।
२. जीवनजल खुवाउने ।
३. बच्चा बिरामी भइसकेपछि तत्काल अस्पताल लैजाने ।

यदी बच्चाको समयमै उपचार हुन सकेन भने क्रमिक रुपमा बच्चामा सुस्तापन आउन थाल्छ । पेट फुल्लिन थाल्छ । अस्पताल लैजान धेरै ढिला गरेमा बच्चाको ज्यान समेत जान सक्ने भएकाले यसमा अभिभावकहरु सचेत हुन जरुरी छ ।

(रेग्मी घोराही स्थित गोरखा पब्लिक हस्पिटलमा कार्यरत हुन्)