कोरोना भाइरसबाट विश्वभर कुल ७० हजार भन्दा धेरैको मृत्यु

चेतना अनलाइन 

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हालसम्म ७० हजारभन्दा धेरै मानिसको ज्यान गएको छ। कोरोनाका कारण सबैभन्दा बढी इटालीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले देखाएको छ।

त्यसैगरी स्पेनमा १३ हजार ५५ जानाले कोरोनाका कारण ज्यान गुमाएका छन्। अमेरिकामा ९ हजार ६ सय २०, फ्रान्समा ८ हजार ८७, बेलायतमा ४ हजार ९ सय ३४ र चीनमा ३ हजार ३ सय ३१ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका कारण ४ हजार ७ सय ३८ ज्यान गुमाएका छन्।

विश्वभर पछिल्लो २४ घन्टामा ७१ हजार ४ सय ९ जना संक्रमित भएका छन्।

प्रकाशित मिति: April 06, 2020