कोरोना फैलन नदिन सरकार कहाँ चुक्यो ?

  • पाण्डव शर्मा

विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड – १९ का कारण मंगलवार बिहान १२ बजेसम्म विश्वभर हालसम्म ७४ हजार ७ सय ८२ जनाले ज्याउन गुमाइसकेका छन् । हालसम्म कोरोनाबाट १३ लाख ४७ हजार ६ सय २४ जना संक्रमित भएका छन् ।

चीनको बुहानबाट फैलिएको भनिएको कोभिड– १९ ले अहिले बिश्वका सबैजसो मुलुकमा प्रवेश पाइसकेको छ । केही हप्ता पहिलेसम्म चीन तथा युरोप तथा अमेरिकन मुलुकहरुमा तीब्ररुपमा फैलिएको कोरोनाको महामारी बिस्तारै दक्षिण एशियाली मुलुकहरुमा फैलन शुरु भएको छ ।

दक्षिण एशियामा सबैभन्दाबढी जनसंख्या भएको मुलुक भारतमा पछिल्लो पटक सम्ममा गरेर कुल ४ हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ । भारतमा हालसम्म कोरोनका कारण एक सय ३६ जनाले ज्यान गुमाएकाछन् ।

नेपालमा हालसम्म ९ जना संक्रमित भएकोमा एकजनाले निको भएर स्वास्थ्य लाभ गरिसकेका छन् । कोरोनाले नेपालमा महामारीकैरुपमा ग्रहण नगरे पनि हामीलाई खतराको घण्टी बनाएको छ । यो आयातित रोग भएकाले विदेशबाट आउने केही व्यक्तिहरुमा देखिनुलाई पहिलो चरण मान्न सकिन्छ । तर, नेपालमा विदेशबाट आएका एकजना व्यक्तिबाट यहीँ रहेका अर्का व्यक्तिमा सरेको पुष्टि भइसकेकाले हामी दोस्रो चरणमा प्रवेश गरिसकेका छौं ।

सरकारले कोरोनालाई महामारीकोरुपमा फैलन नदिनका लागि विभिन्न कदमहरु चालेको छ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको सामाजिक दूरी कायम राख्नका लागि करिब दुई साता देखि देश लकडाउनमै छ ।

आगामी एक साताकालागि लकडाउन थप्ने निर्णय भएको छ । परिस्थितिको आँकलन गरेर अँझै कैयौं दिन लकडाउन थप्न सकिने अनुमान गरिएको छ ।

स्वभाविकरुपमा कुनै काम गर्दा आलोचना र समर्थनहरु आउँछन् । आलोचन र समर्थनलाई ग्रहण गरेर उचित पहलकदमी लिनु सरकारको अहिलेको प्रमुख जिम्मेवारी हो ।

सरकारले लकडाउन गर्नु सकारात्मक कदम हो । तर, लकडाउनपछि चालिनुपर्ने त्यस्ता धेरै कदमहरु छन् । त्यसमा सरकार चुकेको देखिन्छ । लकडाउन मात्रै कोरोना रोकथामका लागि पर्याप्त उपाय होइन । हामीले तीब्ररुपमा परिक्षण गरेर संक्रमतिको पहिचान र उपचार गरिनुपर्दथ्यो ।

संक्रमितको सम्पर्कमा आएका व्यक्ति तथा परिवारलाई क्वारेन्टाइनमा राखिनुपर्दथ्यो । तर, सरकार यस्ता कदमहरु चाल्न निकै ढिलासुस्ती र अपरिपक्व देखिएको छ । बरु कोरोना परिक्षण गर्ने किट र सुरक्षा सामाग्री खरिद प्रकरणमै विवादित बनेको छ ।

भारतीय पक्षबाट समेत नेपाल आउन चाहनेहरुलाई विभिन्न स्थानबाट सीमाक्षेत्रसम्म ल्याउने काम भइरहेको छ । यस्तो अवस्थामा सरकारले उनीहरुलाई सुरक्षित रुपमा नेपाल आउने व्यवस्था मिलाउनुपर्छ ।

चीनिया कम्पनीसँग गरिएको सामाग्री खरिद सम्झौता रद्द गर्नुले पनि गुणस्तरहिन सामान आएको र त्यहाँ अनियमिता भएको स्पष्ट बुझ्न सकिन्छ । यस्तो अवस्थामा स्वभाविकरुपमा प्रतिपक्ष र नागरिकस्तरबाट बिरोधका स्वरहरु आउछन् । तर, ती स्वरहरुलाई संवोधन गर्नु त कहाँ हो कहाँ सरकारका मन्त्री तथा उनका आसेपासेहरु बचाउमै बढी केन्द्रित भएको देखिन्छ ।

यदि अनियमितता भएकै छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदीय समितिलगायतका अन्य निकायहरुले अवष्य छानविन गर्ने नै छन् ।

अहिलेको जटिल अवस्थामा सबै पक्ष एकढिक्का भएर कोरोना बिरुद्धको संघर्षमा लाग्नुको विकल्प छैन ।

अहिलेका लागि हाम्रो मुख्य चुनौति भनेको छिमेकी मुलुक भारतबाट नै हो । किनकी हाम्रो देशको उत्तरी सिमा बाँहेक सबै स्थानमा भारतसँग खुला सिमा जोडिएको छ । सीमा सुरक्षा निकायहरुले कडाइ गरेपनि त्यस्ता कैयौं स्थानबाट धमाधम मान्छेहरु आइरहेका खबरहरु सार्वजनिक भइरहेका छन् ।

भारतीय पक्षबाट समेत नेपाल आउन चाहनेहरुलाई विभिन्न स्थानबाट सीमाक्षेत्रसम्म ल्याउने काम भइरहेको छ । यस्तो अवस्थामा सरकारले उनीहरुलाई सुरक्षित रुपमा नेपाल आउने व्यवस्था मिलाउनुपर्छ ।

उनीहरुलाई अनिवार्यरुपमा सरकारी निगरानिमा १४ दिन क्वारेन्टाइनमा बसाल्नुपर्छ । एकातर्फ सीमानाका बन्द गर्ने अर्कोतर्फ अवैध ढंगबाट लुकिछिपि आउनेक्रम बढ्दा झन् बढी संक्रमण फैलने खतरा हुन्छ ।

यस्तो अवस्थामा बरु हामीले विभिन्न सीमा क्षेत्रमा ठूलाठूला क्वारेन्टाइन स्थल निर्माण गर्न सकिन्छ ।
लकडाउनकै बीचमा पनि पैदलयात्रा मार्फत धेरै मान्छेहरु भारतबाट नेपाल प्रवेश गरिसकेका छन् । उनीहरुले सबै गाउँमा जोखिन बढाइरहेका छन् । यदी उनीहरुले साच्चिकै संक्रमण बोकेर ल्याएका रहेछन् भने हामीले इटाली भन्दाबढी क्षति व्यहोर्ने निश्चित छ ।

विश्वमै उत्कृष्ट स्वास्थ्य सेवा मानिएको इटालीमा त कस्तो हालत छ हाम्रो जस्तो कमजोर स्वास्थ्य सेवा भएको मुलुकको हविगत के होला ?
अब सबै स्थानीयतहहरुले विदेशबाट आएकाहरुलाई तत्काल खोजेर अनिवार्य क्वारेन्टाइनमा राख्नै पर्छ । सरकारले सबै प्रदेशबाट स्वाब परिक्षणको व्यवस्था मिलाएको छ । यो अत्यन्त सराहनीय पक्ष हो । तर, परिक्षणको दर हामीले ह्वात्तै बढाउनुपर्छ ।

जनस्तरबाट विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न पहल गर्नु, सामाजिक दूरी कायम गर्नु, व्यक्तिगत सरसफाइमा ध्यान दिनु, लक्षण देखिएकाहरुले तत्काल सरकारलाई खबर गर्नु नै अहिलको अवस्थामा हाम्रो प्रमुख कर्तव्य हो ।

सबै प्रदेशमा कोरोना उपचार अस्पताल स्थापना गरिएको छ । तर, ती अस्पतालले गुणस्तरीय सेवा दिनेमा भने विश्वास गर्न सकिदैन । अहिले पनि कोरोना अस्पतालमा भिडियो एक्सरेको व्यवस्था छैन । जटिल अवस्थामा रहेका बिरामीहरुकालागि आवश्यक पर्ने भेन्टिलेटरको व्यवस्था गरिएको छैन ।

तत्काल कोरोना अस्पताललाई सुविधासम्पन्न गराइनुपर्छ । उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्रीको अभावमा काम गर्न समस्या परेको छ । उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण तयार गर्नका लागि सरकारले सुरक्षामा अत्यन्त ध्यान दिनुपर्ने छ ।

हाम्रो आर्थिक सिमितता, सरकारको कार्यशैलि र पूर्व तयारीको अभावमा धेरै चुनौतिको सामना गर्नुपर्ने देखिन्छ । चुनौतिका वावजुत पनि सम्भावना खोज्नुको विकल्प छैन । यस्तो अवस्थामा आम नागरिकले सरकारले उठाएका कदमहरुलाई साथ दिनै पर्छ ।

अहिलेको अवस्थामा सामाजिक दूरी कायम गर्नु नै कोरोना संक्रमणबाट बच्चे अचुक उपाए हो । कोरोनाको औषधि बनिनसकेको अवस्थामा संक्रमण हुन नदिनु नै यसको उपचार हो ।

जनस्तरबाट विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न पहल गर्नु, सामाजिक दूरी कायम गर्नु, व्यक्तिगत सरसफाइमा ध्यान दिनु, लक्षण देखिएकाहरुले तत्काल सरकारलाई खबर गर्नु नै अहिलको अवस्थामा हाम्रो प्रमुख कर्तव्य हो ।

(शर्मा चेतना अनलाइनका सम्पादक हुन्)

प्रकाशित मिति: April 07, 2020