कोरोना उपचारमा आवश्यक सामाग्री बोकेर काठमाण्डौंबाट जीवन गौतम दाङमा

चेतना अनलाइन
घोराही । दाङमा कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि आवश्यक पर्ने विभिन्न उपकरण अभाव भइरहेको बेला नेपाल कम्युनष्टि पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले अत्यवाश्यक सामाग्रीहरु ल्याएर आज काठमाण्डौंबाट दाङ आउँदै हुनुहुन्छ ।

उहाँले केही सामग्री प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको छ । त्यसमध्ये केही अत्यावश्यक सामाग्रीहरु दाङ ल्याउन थालेको उहाँले जानकारी दिनुभयो ।

दाङमा कोरोनाको स्याम्पल टेस्ट गर्न सवाव संकलन गरिने उपकरण (VTM) नै नभएर अस्ति बुटवलबाट ल्याएर स्याम्पल पठाइएको थियो । गौतमले २० थान VTM लिएर आउँदै हुनुुहुनुन्छ । त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक (PPE) पनि अभाव छ । PPE पनि दश थान उहाँ ल्याउँदै हुनुुहुनुन्छ । भोलि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत यी सामग्री हस्तान्तरण गरिनेछ, जुन अस्पताललाई आवश्यक पर्छ, स्वाथ्य कार्यालयले प्रदान गर्नेछ ।

संघीय सरकार शिक्षा मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहनुभएका गौतम भोली देखि दाङमा कोरोना भाइरसको जोखिम कम गर्नका लागि सरकारी, गैर सरकारी निकाय तथा राजनीतिक नेतृत्वहरुसँग छलफल गर्नुहुने छ ।

आज मात्रै नेपाल चिकित्सक संघ दाङका अध्यक्ष जनार्दन पन्थीको संयोजनमा अमेरिकामा रहेका चिकित्सकहरुले २० थान PPE दाङ पठाइदिएका छन् । यो आजै प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति: March 23, 2020