केपि र बादलले भन्दैमा प्रहरी विप्लव बिरुद्ध लडन जालान् भन्ने लाग्दैन : डा. बस्न्यात सुरक्षाबिद्

काठमाडौ। सरकारले विप्लव नेतृत्वको नेकपालाइ प्रतिबन्ध लगाउने निर्णय पश्चात् मुलुक धयानक मुडभेट तिर जानसक्ने बिज्ञहरुले औल्यायका छन्। वार्ता र सम्वादबाट समस्या काे हल खाेज्न सरकारलाइ अपिल गरेका छन्।

सुरक्षाबिद् डाक्टर प्रेमसिहं बस्न्यातले सरकारले स्वयमता अपनाउनु पर्ने बताएका छन् ।उनले सरकारले बेठिक नै गर्यो भन्ने होइन ।

तर यसमा धेरै कुराको विचार र विश्लेषण गर्नुपर्ने हुन्छ । अहिले चारवटै सुरक्षा संयन्त्रको मनोबल गिरेको छ । हामीलाई मानव अधिकारले गाँजेको छ ।

राष्ट्रिय एकता छैन । प्रहरी, सशस्त्र, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु एकै ठाउँमा डिनर खादैमा एकता छ भनेर विश्लेषण गर्ने गरिएको छ ।

त्यो गलत हो । एकता भन्ने कुरा व्यवहारमा देखिनुपर्छ । अरू देश इजरायल पाकिस्तानलगायतका देशमा त्यस्तो हुँदैन ।

सबै सुरक्षा संयन्त्रहरुबीच एकरूपता र एकता हुन्छ । तर यहाँ यस्तो अवस्थामा सरकारले सस्तो तरिकाले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको जस्तो अनुभूत भएको छ ।

प्रर्याप्त होमवर्क नगरी वा सुरक्षा परिषद्को बैठक नै नबोलाई यो निर्णय गरिएको हो भने भोलि यसले गम्भीर समस्या पैदा नगर्ला भन्न सकिँदैन ।

प्रहरीभित्रै तीन चारवटा दल छन् । तत्कालीन माओवादी सशस्त्र युद्धका बेला पनि सेना परिचालन गर्ने या नगर्ने भन्नेमा दलहरुमा एकरूपता हुन सकेन, जसका कारण माओवादीहरु बढे, बढाइए ।

अहिलेको सरकारले पनि कम्तीमा प्रमुख प्रतिपक्षसहित तेस्रो पाटीसमेतसँग छलफल गरेर मात्रै यो निर्णयमा पुगेको भए राम्रो हुने थियो । त्यो के गरेका छन्, थाहा हुने कुरा भएन ।

एकपक्षीय रूपमा सरकारको मात्रै निर्णय हो र भोलि अरू दलले हामी सहभागी या सहमत नै थिएनौँ भनेको खण्डमा अवस्था झन् जटिल बन्न सक्छ । सरकारले सीके राउत प्रकरणको फेस गर्न नसकेका बेला यो मुद्दा ल्याएर जनताको मनोभावना डाइभर्ट गर्न खोजेको पनि हुन सक्छ ।

तर अहिले प्रधानमन्त्री केपी ओली वा गृहमन्त्री रामबहादुर थापा बादलले भन्दैमा प्रहरीहरु लड्न र भिड्न जालान् भन्ने मलाई लाग्दैन ।

इन्डोप्यासिफिक योजनाअन्र्तगत यस्तो निर्णय भएको पनि हुनसक्छ । यदि त्यस्तो हो भने भरतले विप्लवलाई सहयोग गर्यो भने अवस्था झन् खतरनाक नहोला भन्ने सकिँदैन ।