किन बस्दै छ एकाविहानै मन्त्रिपरिषद् बैठक

चेतना अनलाइन

काठमाडौं । बैठक बसेको १२ घण्टा नपुग्दै मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बिहान ७ बजेदेखि सिंहदरबारमा सुरु भएको छ ।

हिजो बेलुकी पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । भारतबाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ता लिने सरकारी निर्णयको तीव्र आलोचना भए पछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

हिजो सोमवारको बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।