कांग्रेस नेता कमलकिशोरको भनाई– खुमबहादुरको विकल्पमा म भित्र सम्भावना छैन भन्न मिल्दैन

Image may contain: 1 person, sunglasses

कमलकिशोर घिमिरे

नेता

नेपाली कांग्रेस, दाङ

नेपाली कांग्रेस दाङको अधिवेशनमा कमलकिशोर घिमिरेलाई २७ मतले पछाडि पार्दै कृर्तिबहादुर खड्का सभापति भए । कांग्रेसमा पार्टी सभापतिको निकतम प्रतिद्धन्द्धीलाई सभापतिपछिको दोस्रो वरियतामा राख्ने प्रचलन छ । तर, उनलाई त्यस्तो कुनै भूमिका दिइएको छैन् । कांग्रेसको आन्तरिक जीवन, प्रतिप्रक्षको भूमिका लगायतका विषयमा केन्द्रित भएर चेतना अनइनका सम्पादक पाण्डव शर्माले घिमिरेसँग गरेको कुराकानीको सार :

नेपालको इतिहासमा कम्युनिष्टहरु सत्तामा छँदा फुट्ने र बाहिर छँदा एकताबद्ध हुने प्रवृत्ति देखिन्छ । तर, नेपाली कांङ्गे्रस अहिले सत्ता बाहिर हुँदा सशक्त प्रतिपक्ष हुनुपर्नेमा आन्तरिक कंलहमा रुमल्लिएको डुबेको देखिन्छ । यो त आफू आफूमै लडेर सिद्धिने यदु वंशी लडाई जस्तो भएन र ?

अहिले मिडियामा कुराहरु आइरहेका छन कि कांग्रेस सत्ता भन्दा बाहिर भएको बेलामा प्रतिपक्षीको भूमिका दरिलोसँग उठाउन नसकेको भनेर । तर कमजोर भूमिका चाहि सत्ता पक्षको देखिन्छ ।

यसलाई तपाई आफैले हेर्न सक्नुहुन्छ । महंगीको विषय,डा.गोविन्द केसीको अनसनको बिषयमा कांग्रेसले खेलेको भूमिका प्रशंसनीय छ । यहि आधारलेनै कांग्रेसभित्र एकताको कुरा मजवुतका साथ अघि बढेको छ । पार्टी जिल्ला सभापतिको भेलामा एकताबद्ध हुने कुरा आयो ।

यसले देशै भरी कांग्रेसमा नयाँ जागरण पैदा भएको छ । कांग्रेसमा अनावश्यक शक्ति संघर्ष भइरहेको भन्ने होइन । शक्ति संघर्ष केसका लागि हुने भन्ने कुरा हुन्छ । सत्ताका लागि नै हो ।

हामीलाई जनमतले सत्ताका लागि संघर्ष गर्ने पोजिसन छैन भनेर जनमतले म्याण्डेटनै दिएको छ । तिमी आफैमित्र एकता पैदा गर र बलियो सम्भावना बोकेर आउँ भनेर जनताले स्पष्ट भनिसकेका छन् । तपाईले उठाउनु भएको कुरामा त्यति धेरै दम छ जस्तो लाग्दैन् । तपाईले उठाउनु भएको कुरा अहिले बदलिसकेको छ । कांग्रेसमा नयाँ खालको एकता पैदा भएको छ । पछिल्लो आन्दोलनको गतिविधिले झन् त्यसमा बल दिएको छ ।

वामपन्थीहरुले घोषणापत्र मार्फत निकै लोकप्रिय कार्यक्रमहरु दिएका थिए । तर,सरकार बनेको ४÷५ महिना वितिसक्दा सम्म यो सरकार नितान्त परम्परागत सरकार जस्तो देखिएको छ । यतिबेला प्रतिपक्ष दलको आवाज निकै शसक्त हुनुपर्ने हो तर, तपाईहरु एजेण्डा विहिन जस्तो झिना मसिना कुराको पछि लागेको जस्तो देखिन्छ त ?

त्यस्तो कडापी होइन । यो आन्दोलनको पूर्वसन्ध्या हो । फेरि अर्को कुरा यो वस्तुनिष्ठ आन्दोलनको कुरा पनि त होइन नि । हाम्रो कुरा के हो भने सत्ता पक्ष जुन तरिकाले प्रस्तुत भएको छ, त्यो तरिकाले प्रस्तुत नहोउ भनेको मात्र हो ।

देशका धेरै ठूला समस्या छन तर,अहिले सरकार निकै झिना, मसिना कुराको पछि लागेको छ । त्यो हुनु हुँदैन भनेर हामीले भनिरहेका छौं । जनताका आम सरोकारका विषयमा ध्यान दिनुपर्छ भन्ने हाम्रो भनाई हो । अहिले आन्दोलनको कुनै बिषय नै छैन ।

केसका लागि आन्दोलन गर्ने ? आन्दोलनको वस्तुगत आधार के छ ? हामीले उठाउन खोजेको कुरा आन्दोलन होइन । हामी त चाहन्छौं यो सरकराले जन सरोकारका काम पूरा गरोस् भनेर । हामी व्यवस्था परिवर्तन गर्नुपर्ने अवस्था होइन यो । अहिले सामाजिक सञ्जाल र मिडियामा तपाईहरु पनि हेर्नुहुन्छ सरकार कांग्रेसको असहयोगका कारणले भन्दा आफ्नै गतिविधिका कारण आफै अलोकप्रिय भइरहेको छ ।

सकारकासँग कुनै भिजन देखिएको छैन । सरकारले आफ्नो प्राथमिकता निर्धारण समेत गर्न सकेको छैन । मुलुकको अवस्था निकै दयनीय छ । भूकम्प पीडितको अवस्था निकै दुखदायी छ । कृषकहरुको अवस्था उस्तै छ । यो अवस्थामा सरकार किन झिना,मसिना कुरामा अलमल गरिरहेको छ ? मेडिकल कलेज खोल्ने कुरामा सरकारको ध्यान केन्द्रित भएको देखिन्छ ।

सरकारले कुनै कामको गति नै लिन सकेको छैन । अहिले सरकार अधिनायकवादी दिशामा जान्छ कि भन्ने आरोप लागेको छ । यो साम्यवादी,माक्र्सवादी चिन्तनबाट प्रेरित सरकार हो । नेपालमा माक्र्सवादी र साम्यवादी अधिनायकत्वको मैले कुनै सम्भावना नै देखेको छैन । तर, अराजक र दलाअधिनायकवादको दिशामा सरकार हिड्न खोजेको देखिन्छ । मिडिया सुरक्षित छैन ।

आम सरोकारका विषयलाई सम्बोधन हुन सकेका छैन् । हिजो निर्वाचनका बेलामा घोषणा पत्रमा उठाउका कुरा सम्बोधन गर्नु भन्दा अर्सान्दभिक कुरामा यो सरकार गइरहेको छ । यसकारणले जनतामा सरकारको छवी धुमलिएको छ । देशभित्र सरकार विरोधी भावनाको विकास भइरहेको छ ।

हामी जिम्मेवार प्रतिपक्षीको हिसाबले सरकार अलोकप्रिय होस भनेर पटक्कै चाहँदैनौं । सरकार जिम्मेवार होस भन्ने हाम्रो चाहना हो । सरकारले कर प्रणालीलाई व्यवस्थित गर्न सकेको छैन । जथाभावी कर संकलन भइरहेको छ । यसले जनतामा यो व्यवस्था प्रतिनै वितृष्णा फैलने त होइन भन्ने डर पैदा भएको छ ।

सरकारको दृष्टिकोणनै स्पष्ट छैन । सरकार अराजकत दिशातर्फ गइरहेको छ । हामी यो सरकारलाई अराजक हुनबाट रोक्नका लागि आन्दोलनको दिशामा छौं ।

सरकार आफैमा दिग्गभ्रमित छ । दुईतिहाईको दम्भ देखिएको छ । साँच्चिकै हेर्ने हो भने पूर्व एमाले र माओवादी केन्द्रको एकता हुनु भन्दा पहिलेको अवस्था भनेको ४२ र ४८ को पोजिशन हो । ४८ को नेतृत्व गर्ने केपीजी हुन भने ४२ को नेतृत्व गर्ने प्रचण्ड जी हुन् । तर, केपीजीलाई १०० कै नेता म नै हुँ भन्ने लागेको छ ।

त्यसले पार्टीभित्रै असन्तुलन शुरु भएको छ । हिजो निर्वाचनको बेलामा चुनाव जित्नुपर्ने भएकाले तत्काल एकता सजिलो थियो । तर, यो पार्टी एकता निर्माण भइसकेपछि नेताहरुको अवस्था असुरक्षित छ । चाहे त्यो भीम रावल वा झलनाथ खनालको कुरा गर्नुस अथवा तत्कालिन माओवादी केन्द्रका नेताहरुको अवस्थालाई हेर्न सक्नु हुन्छ ।

एकताको नाममा पार्टीभित्र नयाँ सत्ता निर्माण गर्ने प्रवृत्ति केपी र प्रचण्डमा देखिएको छ । त्यहाँभित्र नै आंशका भएको छ । यसलाई म कांग्रेस भएका कारणले गरेको आशंका होइन ।

Image may contain: 1 person, closeup

 

यो त तपाईले नेकपा भित्रको समस्या देखाउनु भयो । कांग्रेसभित्र स्थापनाकालदेखि कोइराला परिवारको पेरिफेरिमा रहेर पार्टीको आन्तरिक राजनीति चल्यो । तर,सुशील कोइरालाको निधनपछि कांग्रेसले उचित अविभाकत्व नपाएको जस्तो देखिन्छ । यहि कारणले कांग्रेस झन कमजोर बन्दै गएको त होइन ?

त्यस्तो होइन । नेतृत्व डाइनामिक हुनुपर्छ । लिडर सिपले डाइनामिजम प्रस्तुत गर्न नसकेको कुरा हुन सक्छ । शेरबहादुर दाईबाट त्यस्तो परफरमेन्स नआएको बेलामा त्यसको क्षतिपूर्ति अरु नेताबाट आएको भए पनि हुन्थ्यो नि ।

एभरेज नेतृत्वबाट धेरै अपेक्षा हुन सक्दैन । कांग्रेस कमजोर हुने बेलामा शेरबहादुर दाईको प्रधानमन्त्री बन्ने सम्भावा रोकिएको हो भने मेरो पनि त संसदमा जाने सम्भावना रोकिएको हो नि ।

रामचन्द्रजीको पनि सम्भावना रोकिएको हो । कांग्रेस भित्र हरेक नेता केन्द्र होस या जिल्लास्तरीय अथवा कांग्रेसलाई मत हाल्ने सबैको पोजिशन एउटै देख्छु म । अब आफ्नो अस्तित्वका लागि र मुलुकको भविष्यका लागि एकता शुरु भएको छ । त्यसले निश्चित ठाउँमा कांग्रेसलाई पु¥याउँछ ।

दाङको सन्र्दभमा कांग्रेस भनेकै खुमबहादुर खड्का र खुमबहादुर खड्का भनेकै कांग्रेस भन्ने समय पनि थियो । खुमबहादुर खड्कोको निधनपछि कांग्रेसले दाङलाई सम्बोधन गर्नेगरी उचित नेतृत्व पाउन सकेको छैन भनिन्छ । त्यस्तै भएको हो त ?

खुमबहादुर दाई साँच्चिकै धेरै ठूलो नेता हुनुहुन्थ्यो । उहाँले जति गर्न सक्नुहुन्थ्यो । अझ धेरै गर्नुभएको भए उहाँ पार्टीको सभापति हुने र प्रधानमन्त्री हुने सम्भावनाहरु पनि थिए । तर,दुर्भाग्य खुमबहादुर दाई हामी माझ हुनुहुन्न ।

खुमबहादुर दाईको अनुपस्थितिमा उहाँकै तरिकाले नेतृत्वमा पुग्छु भन्ने कल्पना ग¥यो भने त्यो अतिसयुक्ती हुन्छ । तर, फेरी समय क्रमले लिडरसीप त निर्माण गर्छ नै । त्यो लिडरसीपलाई खुमबहादुर दाईको विकल्प भन्ने भन्दा पनि आवश्यकताको कुरा हुन्छ । नेतृत्व निर्माण नियमित प्रकृया हो ।

त्यो आवश्यकता अनुसार संगठनले निर्माण गर्ने हो । को आउँछ भन्ने कुरा सम्भावना र कार्य क्षमतामा भर पर्छ । त्यो कुरा पार्टीको आन्तरिक जीवनले प्रभाव पार्छ ।
नेपाली कांग्रेस दाङको सभापतिमा तपाई झिनो मतले पराजित हुनुभयोे ।

खुमबहादुर खड्काको सहयोग नहुँदा नहुँदै पनि तपाई थोरै पराजित हुनुभयो । कतिपयले दाङ कांग्रेसमा तपाई हावी हुने सम्भावना छ भन्ने चर्चा चल्छ । के परिस्थिति त्यसै दिशातर्फ अघि बढ्न खोजेको हो ?

एउटा कार्यकर्ता जो पार्टीमा इमान्दार र वैचारिक हिसावले परिपक्व हुँदै लाग्छ । त्यो कालान्तरमा नेतृत्वमा पुग्छ । सम्भावनाको कुरा गर्ने हो भने मैले आफ्नो बारेमा आफै धेरै कुरा गर्ने राम्रो हुँदैन् ।

मैले जुन किसिमको अवसर प्राप्त गरेको छु । मैले त्यति नै संघर्ष पनि गरेको छु । तपाईले भने जस्तै त्यो सम्भावना म भित्र छैन भनेर मैले नकार्न मिल्दैन् ।
कांग्रेसमा पार्टी सभापतिमा निकतम प्रतिष्प्रधि भएर पराजित भएको व्यक्ति ।

Image may contain: 1 person, beardImage may contain: 1 person, beardसभापतिपछिको दोस्रो वरियतामा हुने प्रचलन छ । तर, दाङ कांग्रेसमा तपाईलाई कुनै भूमिका दिएको देखिदैन नि किन होला ?

यो कुरा सभापतिले कसरी हेर्नु भएको छ मलाई थाहा छैन । तर,छलफल र भेटघाटको क्रममा उहाँबाट मैले त्यस्तो अनुभव कहिल्यै गरेको छैन । दाङको ट्रेन अलि फरक भएको भने हो ।

अब हामीले यसलाई व्यवस्थित गर्दै लैजानुपर्छ । हामीले त्यसको परिपाटी विकास ग¥यौं भने सबैलाई लागू हुन्छ । सभापतिमा लड्ने बेलामा मैल कृति दाई भन्दा राम्रोसँग संगठन चलाउँछु भनेर उम्मेदवारी दिएको थिए ।

कृति दाई सभापति भइसकेपछि निर्णय प्रकृयामा मेरो पनि सहभागिता खोजेको भए उहाँलाईनै फाइदा हुन्थ्यो । समग्रमा कांग्रेसलाई लाभ हुन्थ्यो । कांग्रेस बलियो हुने कुरामा कृति दाईको स्पिड पुग्छ जस्तो लाग्छ ।