उच्च पहाडी क्षेत्रको लागि उपयुक्त मकै गणेश–२ खेती, प्रबिधि र रोकथाम

अर्जुन पन्थी

 

उच्च पहाडी क्षेत्रको लागि उपयुक्त मकै गणेश—२

परिचय गणेश—२ जातको मकै उच्च पहाडको लागि बिक्रम सम्बत २०४६ सालमा उन्मोचन भएको हो । यो पुष्ट दाना भएको  पहेंलो मकै हो । सिफारिस क्षेत्र यो मकै उच्च पहाडको लागि सिफारिस गरिएको हो तर हिउँदमा यो जातको मकै तराईमा लगाउन सकिन्छ ।

पौष्टिक तत्व प्रोटिन ९५० चिल्लो पदार्थ ९५० कार्बोहाइड्रेट ९५० कच्चा रेसा ९५० खरानी ९५० ८.७६ ४.६३ ७०.६९ २.०४ १.१५ हावापानी तथा माटो यो मकै उच्च पहाडको विभिन्न हावापानीमा लगाउन सकिन्छ । पानी नजम्ने मलिलो दोमट माटो यसको लागि उपयुक्त हुन्छ । गृष्म ऋतुमा यो जातको मकैले राम्रो उत्पादन दिन्छ । तराई तथा भित्री मधेशमा हिउँदमा लगाउँदा राम्रो उत्पादन दिन्छ ।

जमिनको तयारी मकैको बढि उत्पादन लिनको लागि राम्रोसँग खनजोत गरेर माटो बुर्बुराउँदो बनाउनुपर्छ । यसको लागी ३—४ पटक खनजोत गर्नुपर्छ । चिम्ट्याइलो माटोमा १—२ पटक बढि जोत्नुपर्छ ।

मकै लगाउने बेलामा माटोमा प्रशस्त चिस्यान हुनु पर्दछ । आजभोली बिना खनजोत मकै खेती गर्ने परिक्षणहरू भैरहेका छन् । जसमा बाँझो जग्गामा मकै डोबेर छापो हाल्दा बढि उत्पादन दिएको पाइएको छ । मलखाद जमिनको तयारी गर्दा ५०० देखि ७५० केजी गोबर वा कम्पोष्ट मल, ५ केजी युरिया, ६.५ केजी डि.ए.पी र २.५ केजी म्युरेट अफ पोटास एक रोपनी जग्ग्गामा हाल्नुपर्छ । त्यस्तै, पहिलो र दोश्रो गोडाइमा २.५ केजी प्रति रोपनीका दरले युरिया दिनुपर्छ ।

बीउ दर रोपनी सिफारिस गरिएको छ तर फेंद काट्ने कीरा र गबारोको प्रकोप सामान्य अबस्थामा बीउ दर १ केजी रोपनी सिफारिस गरिन्छ । बीउदर बीउको उमरशक्ति र माटोको चिस्यानले पनी भएको ठाउँमा १.२५ केजी असर पार्छ । सुख्खा ठाउँमा केहि बढाउन सिफारिस गरिन्छ साथै उमारशक्ति ८५ प्रतिशत भन्दा बढि भएको र रोगकीरा नलागेको बीउ प्रयोग गर्नुपर्छ ।

मकैमा कालोपोके लगायतका रोगहरूलाग्ने गर्दछ र बिशेषगरी घुन—पुत्लाले बढि नोक्सानीको पुत्ले कालो पोकेको लागी भाइटाभेक्स—२०० धुलो २ ग्राम प्रति केजी बीउका दरले उपचार गर्नुपर्छ । त्यस्तै बीउ भण्डारण गर्ने बेलामा कीराको लागि मालाथियन धुलो २ ग्राम प्रति केजी बीउका दरले उपचार गर्नपर्छ । रोप्ने समय यो जातको मकै उच्चपहाडमा लगाईने हुँदा माघ १५ देखि फाल्गुण महिनाभर रोप्दा बढि उत्पादन दिन्छ । बीउ उम्रन पानीको आबश्यकता पर्ने हुँदा जमिनमा चिस्यान हुन जरुरी हुन्छ ।

एक दुईपटक बर्षा हुनासाथ चिस्यान भएको मौका छोपी मकै छरीहाल्नुपर्छ । लगाउने तरिका मकै लगाउने बिभिन्न तरिकामध्ये हलोको पछाडि रोप्ने र सिड ड्रिलको प्रयोग उपयुक्त पाइएका छन् । हलोको पछाडि रोप्दा एक सियो छोडेर एक बित्ताजती फरकमा बीउ खसाल्नुपर्छ र अन्तिममा एक रोपनीमा २५०० देखी २६५० बोट हुनेगरी राख्नुपर्छ । सिड ड्रिलले रोप्दा एकपटकमा २ दाना पर्नेगरी लगाउने र पछि बेडाउने बेलामा १ बोट मात्र राख्ने गर्नुपर्छ ।

बीउ भिजाएर रोप्ने बीउभित्रको बिरुवा सुसुप्त अबस्थामा रहेको हुन्छ । यसलाई उम्रिन पानीको आबस्यकता पर्दछ । मकैको दानाले जमिनको पानी सोसेर लिन्छ । यसरी पानी सोसेपछि मकैको दानाभित्र रासायनिक प्रतिकृया भई भ्रुण उम्रन थाल्दछ । माटोमा रहेको पानी मकैको दानाले लिन गाह्रो हुने हुँदा जमिनमा रोप्दा पानी भरिन समय लाग्दछ र उम्रन केही समय लाग्दछ । साथै मकै रोप्दा बिभिन्न गहिराईमा पुग्ने र गहिराई अनुसार चिस्यान पनि फरक पर्ने हुँदा कुनै दाना छिटो र कुनै दाना ढिलो उम्रने हुन्छ । यसले गर्दा मकै पाक्ने समय पनि फरक पर्दछ । मकै एकनासको बनाउन र एकैचोटी पाक्ने बनाउन बीउ भिजाएर छर्न सकिन्छ । यसको लागि मकैलाई १२ घण्टा पानीमा भिजाउने ।

दुई देखि तीन घण्टा छायाँमा सुकाउने र छर्ने । यसरी छायाँमा फिंजाउनको कारण छर्ने बेलामा दाना झार्न सजिलो बनाउनु मात्र हो । मकैलाई भिजाएर रोप्दा ३ देखि ५ दिन छिटो उम्रने तथा ५ देखि ७ दिन छिटो पाक्ने र बढी उम्रने तथ्य अनुसन्धानबाट खुल्न आएको छ । बीउ भिजाएर रोप्दा जमिनमा चिस्यान हुनु अनिवार्य हुन्छ । यदि मकै छर्ने ठाउँ सुक्खा भएमा दानाबाट पानी बाहिर निस्कनेको कारणले उम्रिएको भ्रुण सुकेर मर्ने र फलस्वरुप बोटको संख्या र उत्पादनमा कमी आउँदछ । गोडमेल मकैलाई रोपेको एक महिनामा झारपात हटाउन गोड्नुपर्छ । गोड्दा २.५ केजी प्रती रोपनिका दरले युरीया दिनुपर्छ ।

मकै घुँडासम्म आएपछि उकेरा दिनुपर्छ । उकोरा दिंदा पनि २.५ केजी युरीया बिरुवाको फेदमा राखेर उकेरा दिनुपर्छ । धानचमार हटाउने मकैको भाले फूल धानचमार हो । यसमा भाले बीज चाहिनेभन्दा अत्याधिक बढि उत्पादन हुने गर्छ । एक धानचमारमा औषतमा २,५०,००,००० परागकण (भाले बीज) उत्पादन हुन्छ भने पोथी फूल (जुँगा) को संख्या प्रति धोगा ३०० देखी ५०० हुन्छ ।

एउटा दाना बन्न एक मात्र परागकणको आबश्यकता पर्दछ । साथै पोलेन अत्याधिक प्रोटिनयुक्त हुन्छ । पोलेनले जुँगा फेला नपारे सबै पोषण खेर जाने हुन्छ । यसरी खेर जाने पोषण र पातमा उत्पादन भएको खाना संचय हुन सकेमा दाना पुष्ठ हुने र संचित खानाले दानाको आकार बृद्घि हुने हुन्छ । त्यसैले धानचमार उपयुक्त समयमा हटाउन सके मकैको उत्पादनमा बृद्घि गर्न सकिन्छ ।

एक अध्ययनबाट धानचमार मात्र हटाउँदा २५ देखि ३० प्रतिशत उत्पादन बृद्घि भएको पाइएको छ । त्यस्तै धानचमार सँगै एउटा पात हटाउँदा १५ प्रतिशत उत्पादन बृद्घि भएको पाइएको छ । तर दुइवटा पात हटाउँदा उत्पादन घटेको पाइएको छ । मकैमा ७५% धानचमार हटाउँदा सबैभन्दा बढी लाभदायक पाइएको छ । तर प्रतिकुल अवस्थालाई मध्यनजर राखी ५०% धानचमार हटाउन सिफारिस गरिएको छ । यसको कारण मकैको दाना पुष्ट हुन र दानामा खाना संचय हुन टुप्पाका पात  को सबैभन्दा ठूलो भूमिका हुने र ती पातहरू हटेमा खाना बनाउने क्षमता पनि घट्न जान्छ । यसरी धानचमार हटाउँदा धानचमार पातबाट पुरै निस्केको तर परागकण नबनिसकेको अबस्थामा हटाउनुपर्छ । छिटो हटाउँदा पात पनि सैगै आउने डर हुन्छ तथा ढिलो हटाउँदा परागकण बनिसकेर यसबाट हुने लाभ नहुने हुन्छ ।

कीरा ब्यबस्थापन गहिरो जोतेर झारपात र ढोड नष्ट पार्ने साथै राम्रोसँग पाकेको मल प्रयोग गर्ने । फौजी कीराको प्रकोप भएमा २ मिलीलीटर डेसिस १ लिटर पानीमा हालेर छर्ने साथै गबारोको नियमित प्रकोप भएका ठाउँमा सेबिन ४.५ जी ६०० देखि ७०० ग्राम प्रति रोपनीका दरले बिउ छर्ने बेलामा छर्ने वा बिरुवामा प्रकोप देखिएमा गुबोमा २—३ दाना प्रति बोट हाल्नुपर्छ । खुमे्रा, फेद काट्ने र धागे कीराको लागि १—१.५ केजी क्लोरोपाइरिफस (डरमेट) २.५ जी प्रति रोपनीको दरले छर्ने ।

बीउदर बढाएर छर्दा बिषादिको प्रयोग कम गर्न सकिन्छ । बीउ मकै भण्डारण गर्दा राम्रोसँग सुकाएर (चिस्यान १२ % भन्दा कम) राख्ने वा मेटल बिनमा राखेर एक चक्की सेल्फस राखि हावा नछिर्ने गरी बन्द गर्ने । मकै थन्क्याउने मकैलाइ राम्रोसँग पाकेपछि भाँच्नुपर्छ । भाँचेपछि राम्रोसँग सुकाएर कुन्यूँ वा सुली बनाई राख्न सकिन्छ ।

दुई देखि तीन महिनापछि मकैलाई छोडाएर राम्रोसँग सुकाई मेटल बिन वा सुपर ग्रेन ब्यागमा राखी हावा नछिर्नेगरी भण्डारण गर्नुपर्दछ । चिसो र ओसिलो ठाउँमा राख्न हुन्न । सुपर ग्रेन ब्यागलाई अर्को बोराले मोडेर आगोले नभेट्ने ठाउँमा राख्नुपर्दछ । उत्पादन गणेश—२ मकैको क््रmप कटको आधारमा उत्पादन यसप्रकार छ । रोपनी उत्पादनक्र.सं. मकैकको जात बोटको उचाई बोट संख्या श्रोत १ गणेश—२ २३७ २४६७ २५५ क्षे.कृ.अ.के., लुम्ले, क्रप कट २०१३ बीउको उपलब्धता यस जातको मकैको बीउ क्षेत्रीय कृषि अनुसन्धान केन्द, लुम्लेले उत्पादन तथा बिक््िरm बितरण गर्दै आएको छ ।

स्रोत : विश्व खाद्य तथा कृषि सङ्गठनको वेभ साइट ,कृषि सामान्य ज्ञान,बिभिन्न खोजमुलक अनुसन्धान ।

प्रकाशित मिति: May 05, 2020