आईतबार विश्वभर एकैपटक फेसबुक बन्द भएपछी

काठमाडौं – आईतबार दिउँसोदेखि संसारभर फेसबूक खुलेन । फेसबूक नचलेपछि प्रयोगकर्ताले केहीबेर हैरान हुनुपरेको थियो ।

दिउँसो खोल्न नसकिएको फेसबूकको समस्या साँझबाट समाधान भएको छ ।

करीब ३ घण्टा फेसबुक मोबाइल र कम्प्युटर कहीँ कतैबाट पनि खोल्न सकिएको थिएन । बेलायतको सञ्चारमाध्यम ‘एक्सप्रेस’ले फेसबूक नखुल्नुको प्रमुख कारणमा ‘अफलाइन सर्भर इस्यू’ भएको समाचार प्रकाशित गरेको छ ।

युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबूक नचलेको गुनासो व्यापक रुपमा आएको थियो । फेसबूक नचलेको गुनासाहरू ट्विटर र अन्य सामाजिक सञ्जालमा पोस्ट गरिएका थिए ।

फेसबूक मात्र नभएर फेसबूक म्यासेन्जरमा पनि समस्या देखिएको थियो । फेसबूकले भने यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।