अभिभावक गुमाएका दलित परिवारलाई समाजसेवी रिजालद्वारा राहत प्रदान

चेतना अनलाइन

मानपुर, ३ जेठ । घरकाे सम्पूर्ण खर्चकाे व्यवस्थापन गर्दै अाएका अभिभावककाे निधनपछि बिचल्लीमा परेकाे एक दलित परिवारलाई तुलसीपुर उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष समाजसेवी व्यवसायी विमल रिजालले घरमै पुगेर राहत प्रदान गर्नुभएकाे छ ।

अाज तुलसीपुर १६ स्थित स्वर्गीय जितबहादुर विककै घरमा पुगेर राहत प्रदान गर्नुभएकाे हाे । रिजालले सामाजिक दूरी कायम गरेर एक क्वीन्टल चामल, २५ केजी चिउरा, ५ लिटर तेल, १० केजी दाल, ५ केजी नुन, ५ केजी अाटा र एक दर्जन सावुन हस्तान्तरण गर्नुभयाे ।

उहाँले परिवारजनप्रति समवेदना व्यक्त गर्दै मृतकप्रति समवेदना प्रकट गर्नुभयाे । रिजालले हस्तान्तरण गर्दा तस्बिर खिच्न समेत अस्वीकार गर्नुभएकाे थियाे । अाफूले प्रचारका लागि नभएर पीडामा परेकाे विपन्न परिवारलाई सहयाेग पुगाेस् भनेर राहत प्रदान गर्नुभयाे ।

दलित परिवारमा परेकाे बिचल्ली वारे चेतना अनलाइनमा समाचार प्रकाशित भएकाे थियाे । समाचार प्रकाशित भए पछि तुलसीपुरमा रिपाेर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीले राहत संकलनकाे समन्वय गरिरहनुभएकाे छ । घाेराहीमा पनि केही समाजसेवीहरुले उक्त परिवारकाे बिचल्ली वारे चासाे व्यक्त गर्नुभएकाे छ ।

यस्ताे थियाे चेतना अनलाइनले प्रकाशित गरेकाे समाचार

मजदुरी गर्ने जितबहादुरकाे निधन पछि परिवारकाे बिचल्ली

पाण्डव शर्मा
मानपुर, ३१ वैशाख । पारिवारिक खर्चकाे सम्पूर्ण जिम्मा लिएका घरमुलिकाे निधन भए पछि तुलसीपुर उपमहानगरपालिका वडा नं १६ काे एक परिवार बिचल्लीमा परेकाे छ ।

वडा नं १६ स्थित रत्गैं गाउँका ४४ वर्षका जितबहादुर विककाे वैशाख २६ गते निधन भयाे । दुई/तीन दिनकाे सामान्य ज्वरो र टाउकाे दुखाइका कारण उनकाे निधन भएकाे परिवारले जनाएकाे छ ।

उपचार गर्ने खर्च नहुँदा जितबहादुरकाे स्थानीय एक मेडिकलमा सामान्य उपचार गरियाे ।
२६ गते दिउसाे जितबहादुरले थप अाैषधी किन्न अाफ्नी श्रीमती वसन्तीलाई मेडिकल पठाएका थिए । छिमेकीसँग पैशा सापटी लिएर वसन्ती श्रीमानकाे अाैषधी किन्न हतारहतार मेडिकल गइन । श्रीमानलाई निकाे पार्ने अाशामा मनमा केही शान्तिकाे पाेकाे बाेकेर हतारहतार घर पुगेकी वसन्ती घर अाइ नपुग्दै उनकाे खुशीमा बज्रपात अाइसकेकाे थियाे ।

श्रीमान बिउझने अाशमा उनी ठूलाे स्वरमा कराइन । उठ्न पटक पटक अाग्रह गरिन् तर, उनका श्रीमान पटक्कै बाेलेनन् । जितबहादुर सदाका लागि विदा भइसकेका थिए ।

मजदूरी गरेर परिवार पाल्दै अाएका जीतबहादुरका ६ अाेटी छाेरी छन् । जेठी श्रीमती तीन वर्ष पहिले अन्तै विहे गरेर गए पछि उनले अर्की श्रीमती विहे गरेका थिए । “सँगै जीवन बिताउने सपना बाेकेर हामीले बिह गरेका थियाैं,” वसन्तीले भनिन्, “म पनि दु:ख पाएकाे थिए, अघिल्लाे श्रीमानबाट जन्मेकी एउटी छाेरी सहित म उहाँका छाेरीहरु हुर्काउने वाचा गरेर अाएकाे थिए ।”
उनीहरुका तीन अाेटा छाेरीकाे विहे भइसकेकाे छ ।

पहिलाे श्रीमानबाट एउटी सहित चार अाेटी छाेरी हुर्काउने जिम्मा वसन्तीकाे काँधमा अाएकाे छ । छाेरीहरू ५, ६, ७ र ९ कक्षामा पढ्छन् । अहिले १४ वर्षिया छाेरी रञ्जना किरिया बसेकी छन् । “छाेरी भएर किरिया गर्नुहुन्न भन्छन्, तर म मेराे वुवाकाे शान्तिका लागि विधि पूर्वक किरिया बसेकाे छु,”वसन्तीले भनिन्, “अब हामीले के खाने, कसरी पढ्ने भन्ने चिन्ताले सताएकाे छ । ”

विक परिवारकाे एक धुर पनि जग्गा छैन । उनीहरुले एेलानी जग्गामा जनता अावासले बनाइदिएकाे घरमा बस्दै अाएका छन् ।
स्थानीय प्रेम सुवेदीले जितबहादुर समाजमा निकै मिलनसार व्यक्ति भएकाे बताए । मजदुरी गरेर परिवार पाल्ने उनकाे परिवारलाई राज्यले हेर्नु पर्ने उनकाे भनाई छ ।

प्रकाशित मिति: May 16, 2020