अभिभावक गुमाएका दलित परिवारलाई महिला मञ्चद्वारा दश हजार रकम सहयाेग

चेतना अनलाइन

मानपुर । घर खर्चको सम्पूर्ण जिम्मा लिएका घरमुलीकाे निधन पछि बिचल्लीमा परेकाे एक दलित परिवारलाई सामाजिक रुपान्तरणको लागि महिला मंच, दाङ्गले १० हजार नगद रकम राहत प्रदान गरेकाे छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १६ रत्गैं निवासी जितबहादुर विककाे ४४ वर्षकाे उमेरमा निधन भए पछि अार्थिक अभावका कारण साे परिवार बिचल्लीमा परेकाे छ । लकडाउनका कारण मञ्चका पदाधिकारीहरु बिचल्लीमा परेका परिवारकाे घरमा पुग्न अफ्ठेराे भए पछि काेषाध्यक्ष सुबिधा देवकाेटाले घाेराहीमै चेतना अनलाइनका सह-सम्पादक सन्तोष डाँगीलाई उक्त रकम हस्तान्तरण गर्नुभएकाे थियाे ।

बिचल्लीमा परेकाे परिवारलाई केही राहत मिलाेस् भनेर उक्त रकम प्रदान गरिएकाे सस्थाका अध्यक्ष गाेमा महराले जानकारी दिनुभयाे ।

साे संस्थाकने उपाध्यक्षमा आशमानी चौधरी र सचिव सुशिला आचार्य हुनुहुन्छ ।

अफ्ठेराेमा परेकाे परिवारकै अाग्रहमा उनीहरुकाे बैङ्क खाता नभएका कारण यसपटक चेतना अनलाइन मार्फत राहत रकम बुझिए पनि अागामी दिनमा सिधै परिवारले नै राहत बुझ्ने व्यवस्था मिलाइने छ ।

अब राहत प्रदान गर्न चाहनेलाई उक्त परिवारकाे अाफन्तजनकाे खातामा सिधैकम जम्मा गर्ने व्यवस्था मिलाइएको चेतना अनलाइनका सम्पादक पाण्डव शर्माले जानकारी दिनुभयाे ।

चेतना अनलाइनले बिचल्लीमा परेकाे परिवारकाे वारेमा समाचार प्रकाशित गरेपछि तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समाजसेवी विमल रिजालले उनीहरुकै घरमा पुगेर राहत प्रदान गर्नुभएकाे थियाे ।

यस्ताे थियाे चेतना अनलाइनले प्रकाशित गरेकाे समाचार :

मजदुरी गर्ने जितबहादुरकाे निधन पछि परिवारकाे बिचल्ली

पाण्डव शर्मा
मानपुर, ३१ वैशाख । पारिवारिक खर्चकाे सम्पूर्ण जिम्मा लिएका घरमुलिकाे निधन भए पछि तुलसीपुर उपमहानगरपालिका वडा नं १६ काे एक परिवार बिचल्लीमा परेकाे छ ।

वडा नं १६ स्थित रत्गैं गाउँका ४४ वर्षका जितबहादुर विककाे वैशाख २६ गते निधन भयाे । दुई/तीन दिनकाे सामान्य ज्वरो र टाउकाे दुखाइका कारण उनकाे निधन भएकाे परिवारले जनाएकाे छ ।

उपचार गर्ने खर्च नहुँदा जितबहादुरकाे स्थानीय एक मेडिकलमा सामान्य उपचार गरियाे ।
२६ गते दिउसाे जितबहादुरले थप अाैषधी किन्न अाफ्नी श्रीमती वसन्तीलाई मेडिकल पठाएका थिए । छिमेकीसँग पैशा सापटी लिएर वसन्ती श्रीमानकाे अाैषधी किन्न हतारहतार मेडिकल गइन । श्रीमानलाई निकाे पार्ने अाशामा मनमा केही शान्तिकाे पाेकाे बाेकेर हतारहतार घर पुगेकी वसन्ती घर अाइ नपुग्दै उनकाे खुशीमा बज्रपात अाइसकेकाे थियाे ।

श्रीमान बिउझने अाशमा उनी ठूलाे स्वरमा कराइन । उठ्न पटक पटक अाग्रह गरिन् तर, उनका श्रीमान पटक्कै बाेलेनन् । जितबहादुर सदाका लागि विदा भइसकेका थिए ।

मजदूरी गरेर परिवार पाल्दै अाएका जीतबहादुरका ६ अाेटी छाेरी छन् । जेठी श्रीमती तीन वर्ष पहिले अन्तै विहे गरेर गए पछि उनले अर्की श्रीमती विहे गरेका थिए । “सँगै जीवन बिताउने सपना बाेकेर हामीले बिह गरेका थियाैं,” वसन्तीले भनिन्, “म पनि दु:ख पाएकाे थिए, अघिल्लाे श्रीमानबाट जन्मेकी एउटी छाेरी सहित म उहाँका छाेरीहरु हुर्काउने वाचा गरेर अाएकाे थिए ।”
उनीहरुका तीन अाेटा छाेरीकाे विहे भइसकेकाे छ ।

पहिलाे श्रीमानबाट एउटी सहित चार अाेटी छाेरी हुर्काउने जिम्मा वसन्तीकाे काँधमा अाएकाे छ । छाेरीहरू ५, ६, ७ र ९ कक्षामा पढ्छन् । अहिले १४ वर्षिया छाेरी रञ्जना किरिया बसेकी छन् । “छाेरी भएर किरिया गर्नुहुन्न भन्छन्, तर म मेराे वुवाकाे शान्तिका लागि विधि पूर्वक किरिया बसेकाे छु,”वसन्तीले भनिन्, “अब हामीले के खाने, कसरी पढ्ने भन्ने चिन्ताले सताएकाे छ । ”

विक परिवारकाे एक धुर पनि जग्गा छैन । उनीहरुले एेलानी जग्गामा जनता अावासले बनाइदिएकाे घरमा बस्दै अाएका छन् ।
स्थानीय प्रेम सुवेदीले जितबहादुर समाजमा निकै मिलनसार व्यक्ति भएकाे बताए । मजदुरी गरेर परिवार पाल्ने उनकाे परिवारलाई राज्यले हेर्नु पर्ने उनकाे भनाई छ ।

प्रकाशित मिति: May 17, 2020