साउदी अरबमा परीक्षार्थीलाइ परिक्षा हलमै हुन्छ यस्तो व्यवस्था

काठमाडौँ : विश्वभरको ट्रेन्ड हेर्ने हो भने सामान्यतया परिक्षा हलमा खानेकुरा निषेध गरिएको पाइन्छ तर मध्यपूर्वको सम्पन्न राष्ट्र साउदी अरबियामा भने परीक्षार्थीलाइ परिक्षा हलमै खानेकुराको व्यवस्था गरिएको हुन्छ।

साउदी अरबको विशरा राज्यमा पर्ने ओमर बिन अब्दुल अजिज माध्यमिक विद्यालयमा विद्यालय प्रशासकले विद्यार्थीहरुलाइ परिक्षाप्रतिको आत्मविश्वास बढाउन र तनावबाट मुक्त गराउन भन्दै सहभागी प्रत्यक परीक्षार्थीहरुको लागि कफी, चकलेट, पेनकेक आदि खानेकुराको व्यवस्था गरेपछि उक्त विद्यालय हाल विश्वभर चर्चा कमाएको छ ।

विधार्थीको सिक्षासंगै स्वास्थ्यको ख्याल राखिनुपर्छ, परिक्षाको क्रममा परीक्षार्थीहरुलाइ हल्का खानेकुरा दिँदा मनोबल बढ्ने र राम्रो नतिजा आउने विद्यालय प्रशासकको भनाइलाई उल्लेख गर्दै अल अरबिया अनलाइन पोर्टलले लेखेको छ।


नेपालमा के मान्यता रहँदै आएको छ भने परिक्षाको समयमा डर वा तनाव हुने कारणले तनाव हुने खानेकुरा जस्तैः चिया, कफि, डार्क चकलेट, आदि नखानुहोस् भन्ने गरिन्छ । तर साउदी अरबियामा ठिक त्यसको विपरित परिक्षा हलमै कफी र डार्क चकलेट खुवाइन्छ।